बुटवल बजार जो’खिममा ! चुरे पहाड नै खसेपछि पहिरो अझै रोकिएन , ७ घर पुरिए

 

 

 

बुटवलमा आइतबार बिहानदेखि पहिरो अझै रोकिएको छैन । सोमबार बिहानैदेखि वर्षासँगै आएको पहिरोले बुटवलका थप ७ घर पुरिएका छन् भने दर्जनौ घर जोखिममा परेका छन् निरन्तरको वर्षाका कारण जोखिम न्यूनिकरण काम गर्न समेत समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।
हिजो सम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घर भित्र पसेको हो ।

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । वर्षा नरोकिएमा र लेदो नरोकिएमा अझै दर्जन बढी घरमा क्षती पुग्न सक्ने सुरक्षा निकायले जनाएको छ ।

पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन् ।साथै पहिरोको लेदो बगेर बुटवलको हस्पिटल लाइनसम्म आइपुगेको छ । वर्षा नरोकिए बुटवलको मुख्य बजार नै जोखिम पर्ने सुरक्षा निकायले बताएका छन् । २०३८ र २०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो। ज्योतिनगरमा २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ५७ घर क्षतिग्रस्त भएका थिए।

Comments

Popular posts from this blog

किरात याक्थुङ चुम्लुङ दमक नगरको समितिले ताम्भुङ्जा थिम्बे ( बनभोज ) कार्यक्रम गर्ने निश्चित भएको छ ।

दमक नगरपालीका र कमल गाउँपालीकाको सहकार्यमा चासोक तङनाम भभ्यताको साथ मनाइयो ।

जबसम्म पहिचानको अान्दोलन सम्बोधन हुँदैन तबसम्म प्रदेश नं. १ मा समृद्धि हुँदैन - कियाचु संघीय अध्यक्ष प्रेम येक्तेन