मदिरा पिएर ग्यास चुल्हाेबाट चुरोट सल्काउने गर्थे, घरमा आगलागी हुँदा गुमाए श्रीमान-श्रीमतीले ज्यान

 


सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पत्तिको मृ,त्यु भएको छ। घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति ज,ले,र मृ,त्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए।

उनले भने, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे। समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ। बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएको थिए।”

ढुङ्गामाटाको गाह्यो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै जलेर नष्ट भएको छ। घरभित्र रहेको केही पनि सामान नीकाल्न नभ्याएको प्रहरीले जनाएको छ। त्यहाँका घरहरू पनि टाढाटाढा छन्। प्रहरीलाई ढिलो खबर भएको र ढिलो पुगेकाले घटना घटी सकेको प्रहरीले जनाएको छ।

के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ। पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ।

 

Comments

Popular posts from this blog

किरात याक्थुङ चुम्लुङ दमक नगरको समितिले ताम्भुङ्जा थिम्बे ( बनभोज ) कार्यक्रम गर्ने निश्चित भएको छ ।

दमक नगरपालीका र कमल गाउँपालीकाको सहकार्यमा चासोक तङनाम भभ्यताको साथ मनाइयो ।

जबसम्म पहिचानको अान्दोलन सम्बोधन हुँदैन तबसम्म प्रदेश नं. १ मा समृद्धि हुँदैन - कियाचु संघीय अध्यक्ष प्रेम येक्तेन