अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघमा कडा प्रस्ताव पारित, रुस र चीनले मतदान गरेनन्

 

 


 अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघमा कडा प्रस्ताव पारित भएको छ । भारतको अध्यक्षतामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पारित गरेको प्रस्तावमा अफगानिस्तानको जमिनको प्रयोग कुनै देशलाई धम्की दिन वा चरमपन्थीहरुलाई शरण दिनको लागि गर्न नपाइने माग गरिएको छ ।

प्रस्तावमा तालिबानसँग अपेक्षा पनि गरिएको छ कि उसले देश छाड्न चाहने अफगानी नागरिकहरुलाई र सबै विदेशी नागरिकहरुलाई सुरक्षित अफगानिस्तानबाट बाहिर निस्किन दिनका लागि जुन प्रतिबद्धता जनाएको छ त्यसको पूर्ण पालन गर्नेछ । सुरक्षा परिषदको यो प्रस्ताव  सोमबार पारित भएको हो ।

फ्रान्स, बेलायत, अमेरिकासहित सुरक्षा परिषदका १३ सदस्य देशहरुले यसको पक्षमा मतदान गरेका छन् । कुनै पनि सदस्यले यो प्रस्तावको विरोध गरेनन् । भिटो अधिकार पाएका सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरु रुस र चीनले भने मतदानमा भाग लिएनन् । १५ अगष्टमा तालिबानले काबुलमा नियन्त्रण गरेपछि १५ सदस्यीय सुरक्षा परिषदले अफगानिस्तानको विषयमा पारित गरेको यो पहिलो प्रस्ताव हो ।

सुरक्षा परिषदमा भारतको अध्यक्षता रहने आज अन्तिम दिन हो । अगष्ट महिना समाप्त भएसँगै भारतको अध्यक्षता पनि समाप्त हुनेछ । प्रस्तावमा अफगानिस्तानको सम्प्रभुता, स्वतन्त्रता, क्षेत्रीय अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्धता दोहोर्याउँदै काबुल विमानस्थलमा इस्लामिक स्टेटले गरेको आक्रमणको भर्त्सना तरिएको छ ।

 

https://youtu.be/-9XfEVkJBRs

Comments

Popular posts from this blog

किरात याक्थुङ चुम्लुङ दमक नगरको समितिले ताम्भुङ्जा थिम्बे ( बनभोज ) कार्यक्रम गर्ने निश्चित भएको छ ।

दमक नगरपालीका र कमल गाउँपालीकाको सहकार्यमा चासोक तङनाम भभ्यताको साथ मनाइयो ।

जबसम्म पहिचानको अान्दोलन सम्बोधन हुँदैन तबसम्म प्रदेश नं. १ मा समृद्धि हुँदैन - कियाचु संघीय अध्यक्ष प्रेम येक्तेन