संखुवासभा घटनाले लियो अर्कै मोड, प्रहरीलाई पनि अचम्म पार्ने गरि घरभित्र अर्को प्रमाण फेला पर्यो
संखुवासभाको कार्की परिवारका ६ जना मृ त फेला परेको घटनामा अब प्रहरीले फरक ढंगवाट अनुसन्धान गर्नुपर्ने भएको छ । प्रहरीले मंगलबार साँझसम्म गरेको अनुसन्धानले घटनामा लु ट पा ट वा आर्थिक विषय जोडिएको आशंकालाई कमजोर बनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसारे घरमा कोही व्यक्ति ज ब र ज स्ती प्रवेश गरेको देखिएको छैन ।
घरभित्र भएका सम्पत्ति जस्ताका तस्तै छन् । अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालका अनुसार घरमा ४ लाख ७१ हजार रुपैयाँ नगद भेटिएको बताए । महिलाहरुले लगाएका सुनका गहना पनि लगिएको छैन । घरमा राखेका सुन पनि सुरक्षित छन् । प्रहरीले अब आर्थिक पाटोवाट नभई अरु कुनै कारणले घटना भएको हुनसक्ने अर्को अनुमान गरेको छ । अब अनुसन्धान त्यसरी नै गर्नुपर्ने भएको छ । घटनामा चोरीको विषय नजोडिएपछि अनुसन्धान थप जटिल बनेको अधिकृतहरु बताउँछन् ।
घटनामा अर्को रहस्यमय पाटो भनेको नजिकै रहेका छिमेकीले किन थाहा पाएनन् भन्ने पनि हो । तीन सय मिटर पर घर भएका छिमेकीले घटना थाहा नपाउनु पनि रहस्यमय छ । सोमबार घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले संघीय प्रहरी कार्यालय, धरानबाट कुकुरसहितको टोली र फेरेन्सिक सम्बन्धी तालिम प्राप्त चिकित्सकलाई घटनास्थलमा लगेको थियो । कुकुरले पनि कुनै संकेत नदिएपछि प्रहरीलाई थप कठिन भएको छ ।
चिकित्सकले श वको प्रकृति हेरेर बिहान झिसमिसमा घटना भएको हुनसक्ने अनुमान गरेका छन् । प्रहरी पनि खेतमा मृ त भेटिएका ५१ वर्षीय तेजबहादुर कार्कीको खुट्टामा बुट भएकाले बिहान घटना भएको हुनसक्ने बताउँछ । अधिकांशको श व घर वाहिर फेला परेका कारण घटना पनि घर बाहिर भएको हुनसक्ने अनुमान छ । तर घरकी ८४ वर्षकी पार्बती कार्कीको शव भने घर भित्रै फेला परेको थियो ।चिकित्सकले दिएको रायपछि अनुसन्धानमा संलग्न अधिकृतहरुले पछाडिबाट लौरो वा मुंग्रो, चिर्पट प्रयोग गरेको देखिएको बताइएको छ ।
प्रहरीका अनुसार ५२ वर्षीय तेजबहादुर, उनकी श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको श व तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो । गाउँमा नयाँ व्यक्ति आए कि भन्ने पाटोमा पनि छानविन भइरहे पनि कसैले बताएका छैनन् । बरु प्रहरीले घटना भएको आसपासको समयमा त्यसक्षेत्रमा सक्रिय मोबाइल फोनहरुको विश्लेषण गरिरहेको छ । त्यसबाट केही सुराक हात लाग्न सक्ने प्रहरीको अनुमान छ ।
Comments
Post a Comment