Posts

Showing posts from January, 2024

जबसम्म पहिचानको अान्दोलन सम्बोधन हुँदैन तबसम्म प्रदेश नं. १ मा समृद्धि हुँदैन - कियाचु संघीय अध्यक्ष प्रेम येक्तेन

Image
  किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले प्रदेश नं. १ मा उठिरहेको पहिचान स्थापित अान्दोलन राज्यद्वारा संबोधन नभइञ्जेलसम्म समृद्धि सम्भव नहुने कुरा बताउनुभयो । तुत्तु येक्तेनले झापाको कमल-५ सिम्लेस्थित मुन्धुम्यक्मा सोमबार अायोजित कुसङ येले तङबे ५०८४ को अवसरमा अायोजित कक्फेक्वा मेला उद्घाटन गर्नुहुँदै सो कुरा बताउनुभएको हो । किरात नयाँ वर्षको अवसरमा सुरुवात गरिएको ३ तीनदिने कक्फेक्वा मेलालाई समुद्घाटन गर्नहँुदै कार्यक्रमका प्रमुख अतिथि प्रेम येक्तेनले भन्नुभयो -" प्रदेश नं. १ को नाम कोशी खारेज गरेर पहिचान र स-अस्तित्व स्थापित अान्दोलनलाई सम्बोधन गरि प्रदेश नं. १ को नाम पुन: नामाङकन राज्यले गर्दैन तबसम्म अान्दोलन रोकिने छैन । लिम्बू/याक्थुङ जातिसँग सम्बन्धित किरात येले सम्बत र कक्फेक्वा जस्ता प्रकृतिमय मौलिक वर्ष र चाडपर्वलाई राज्यले राष्ट्रिय पर्वको रूपमा स्थापित गरेर सम्धोधन गरेन भने यो प्रदेश नं. १ मा मात्र नभएर सिङगै मुलुकको समृद्धि सम्भव हुँदैन । त्यसकारण नयाँ वर्ष तथा कक्फेक्वा तङनाम-५०८४ को अवसरमा शुभ-कामना अादान प्रदानमा जुटेका तमाम जनमानसलाई पहिचानको अ...

किरात याक्थुङ चुम्लुङ दमक नगरको समितिले ताम्भुङ्जा थिम्बे ( बनभोज ) कार्यक्रम गर्ने निश्चित भएको छ ।

Image
किरात याक्थुङ चुम्लुङ दमक नगरको आयोजनामा हुने ताम्भुङजा थिम्बे (बनभोज) र येले तङबे 5084 कक्फेवा तङनाम मनाउन को लागि कियाचु दमक नगरसमिती देबेन्द्र चेम्जोङ को अध्यक्षतामा किरात भवनमा बसिएको बैठक मा यहि मिति 2080/माघ/12 गते शुक्रबारको दिन चुलाचुली गाउँपालिका स्थानिय पर्यटकियस्थल चपेटिमा मनाउने निस्चय भएको छ ।  अध्यक्ष देबेन्द्र चेम्जोङ्को भनाइ आनुसार त्यस स्थानमा विभिन्न प्रकार ले स्टेज, डेरा,(यागाराम्सि) च्याब्रुङ नाच्ने ठाउँ  बनाइ भब्यताको साथ मनाउने निस्चय भएको छ ।