किरात याक्थुङ चुम्लुङ दमक नगरको आयोजनामा हुने ताम्भुङजा थिम्बे (बनभोज) र येले तङबे 5084 कक्फेवा तङनाम मनाउन को लागि कियाचु दमक नगरसमिती देबेन्द्र चेम्जोङ को अध्यक्षतामा किरात भवनमा बसिएको बैठक मा यहि मिति 2080/माघ/12 गते शुक्रबारको दिन चुलाचुली गाउँपालिका स्थानिय पर्यटकियस्थल चपेटिमा मनाउने निस्चय भएको छ । अध्यक्ष देबेन्द्र चेम्जोङ्को भनाइ आनुसार त्यस स्थानमा विभिन्न प्रकार ले स्टेज, डेरा,(यागाराम्सि) च्याब्रुङ नाच्ने ठाउँ बनाइ भब्यताको साथ मनाउने निस्चय भएको छ ।
याक्थुङ लिम्बू समुदायले अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चोखो नयाँ अन्न चढाएर पूजा गर्दछन् । अन्नबाली खेती गर्न सिकाउने पुर्खा सम्झेर मनाउने चासोक तङ्नाम अन्नबाली भित्र्याउँदाको उत्सव र कृषि युगसँग जोडिएको मुन्धुमी विरासत हो । चारदशक अघिसम्म पूर्वी नेपालमा बसोबास गर्ने प्रकृतिपूजक याक्थुङ समुदायमा चासोक तङ्नाम चर्चाको विषय थिएन । भारतीय संस्कृतिको अतिक्रमणले गाँजेको र शाहवंशको उदयपछि राणा र पञ्चायतकालभरि यसबारे कुनै अभियान चल्न सक्ने कुरा पनि भएन । आफ्ना मौलिक भाषा, लिपि, कला, संस्कृतिदेखि मुन्धुम र गीत संगीत बिर्सने क्रममा रहेका बेला २०४८ सालमा भएको व्यवस्था परिवर्तनले पूर्वका याक्थुङ लिम्बूको मस्तिष्क हल्लायो । यसपछि बिस्तारै परम्परागत मौलिक कला, संस्कृतिका साथै मुन्धुमको खोजी, यसको अध्ययन, अनुसन्धान र प्रचारात्मक कामहरू हुनथाले ।
किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले प्रदेश नं. १ मा उठिरहेको पहिचान स्थापित अान्दोलन राज्यद्वारा संबोधन नभइञ्जेलसम्म समृद्धि सम्भव नहुने कुरा बताउनुभयो । तुत्तु येक्तेनले झापाको कमल-५ सिम्लेस्थित मुन्धुम्यक्मा सोमबार अायोजित कुसङ येले तङबे ५०८४ को अवसरमा अायोजित कक्फेक्वा मेला उद्घाटन गर्नुहुँदै सो कुरा बताउनुभएको हो । किरात नयाँ वर्षको अवसरमा सुरुवात गरिएको ३ तीनदिने कक्फेक्वा मेलालाई समुद्घाटन गर्नहँुदै कार्यक्रमका प्रमुख अतिथि प्रेम येक्तेनले भन्नुभयो -" प्रदेश नं. १ को नाम कोशी खारेज गरेर पहिचान र स-अस्तित्व स्थापित अान्दोलनलाई सम्बोधन गरि प्रदेश नं. १ को नाम पुन: नामाङकन राज्यले गर्दैन तबसम्म अान्दोलन रोकिने छैन । लिम्बू/याक्थुङ जातिसँग सम्बन्धित किरात येले सम्बत र कक्फेक्वा जस्ता प्रकृतिमय मौलिक वर्ष र चाडपर्वलाई राज्यले राष्ट्रिय पर्वको रूपमा स्थापित गरेर सम्धोधन गरेन भने यो प्रदेश नं. १ मा मात्र नभएर सिङगै मुलुकको समृद्धि सम्भव हुँदैन । त्यसकारण नयाँ वर्ष तथा कक्फेक्वा तङनाम-५०८४ को अवसरमा शुभ-कामना अादान प्रदानमा जुटेका तमाम जनमानसलाई पहिचानको अ...
Comments
Post a Comment