Posts

Showing posts from August, 2021

नेपालविरुद्ध भारत : नेपाली रेफ्रीले खेल संचालन गर्ने

  नेपाल र भारतबीच तय भएको दुई मैत्रीपूर्ण खेलको संचालन नेपाली रेफ्रीले गर्ने भएका छन्। नेपाल र भारतबीच बिहीबार पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने कार्यक्रम छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको निर्देशन अनुसार नेपालका ‘फिफा रेफ्री’ लाई खेल संचालन गर्न दिने निर्णय गरेको हो। ‘फिफाको निर्देशन अनुसारनै हामीले आफ्नै रेफ्रीलाई खेल संचालन गराउन लागेको हौं, ‘ एन्फा स्रोतले भन्यो। सोही अनुसार एन्फाले नेपालमा रहेका फिफा रेफ्रीलाई परीक्षणसमेत गरेको थियो। एन्फाले आफू अन्तर्गत रहेको रेफ्री संघलाई निर्देशन दिएसँगै नवनियुक्त रेफ्री डाइरेक्टर गौतम कौरले ८ रेफ्रीको टेस्ट लिएका हुन्। भारतीय पूर्वरेफ्री समेत रहेका गौतमको आगमन सँगै नेपाली रेफ्रीले पहिलो खेल संचालन गर्न लागेका हुन्। एन्फाले मंगलबार अपरान्ह दशरथ रंगशालामा ४ सेन्टर रेफ्री तथा ४ सहायक रेफ्रीको परीक्षण गरेको हो। जहाँ सहभागी ८ रेफ्री नै सफल रहे। हाल नेपालमा १० पुरुष तथा दुई महिला गरी १२ फिफा रेफ्रीको कोटा छ। यस पटक रेफ्रीमा नविन्द्र महर्जन, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठ रहने छन् ।...

साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण

 साउदी अरबको अभा इन्टरनेसनल एयरपोर्टमा मंगलबार ड्रोन बम आ,क्र,म,ण भएको छ। यो आ,क्र,म,ण,बाट एउटा विमान पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ८ व्यक्ति घाइते भएका छन्। साउदी अरबको सरकारी न्युज च्यानलका अनुसार गएको २४ घण्टामा देशको दक्षिणी क्षेत्रमा पर्ने यस विमानस्थलमा दोस्रोपटक ड्रोन आ,क्र,म,ण भएको हो। अल–अखबारिया च्यानलका अनुसार ड्रोन आ,क्र,म,ण,पछि अर्को पनि आ,क्र,म,ण भएको थियो जुन आ,क्र,म,ण,लाई असफल बनाइएको छ। हालसम्म कुनै समूहले यो आ,क्र,म,ण,को जिम्मा लिएको छैन। यमनको हुथी व्रिद्रोहीसँग संघर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यो घटनामा भएको हताहतीको कुनै जानकारी दिएको छैन। अभा विमानस्थलमा आ,क्र,म,ण हुन अगाडि मात्र साउदी सेनाको एउटा हवाई अड्डामा क्षेप्यास्त्र प्रहार भएको थियो। ड्रोनबाट क्षेप्यास्त्र प्रहार भएको थियो। सो घटनाको पनि कसैले जिम्मा लिएको छैन। यी घटनाहरुमा इरान समर्थित विद्रोहीहरुको संलग्नता भएको आशंका गरिएको छ।  

भगवान कृष्णलाई सम्झदै नायक निखिलको उद्घोष : अव राजा ल्याउनुपर्छ भ्रष्टाचारी लखेट्नु पर्छ

  अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घात गर्ने दुश्मनहरुको प्रतिकार गर्न अपिल गरे । नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो । ‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ । तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ जब देश वि’रामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान ?’ उनले प्रश्न गरे, ‘तिनीहरु कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु वक्तव्य पल्टाएर हेरौं । आफ्नै पार्टीभित्रको विभाजन, कार्यकर्ताभित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको एउटै खुबी हो आफू आफूमै वै’मनश्यता ।’ उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे । ’यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौदेखि भ्रममा रहिरह्यौ । यो पार्टी त्यो पार्टी भनियो । तर यिनीहरु ...

घाँस खाएर बिहान बेलुकाको छाक टार्दै, ७५ बर्षिय बृद्ध बुवाको यस्तो हरिबिजोग

  थाहा छैन हामिलाई हाम्रो जिन्दगी कुन ठाउँ तर्फ गइरहेको छ ,जन्म एकठाउमा हुन्छ भने मृ त्यु अक्सर अर्कै ठाउमा हुन्छ ।जिउदो हुदासम्म अनेकौ चो ‘टहरु खेप्नुपर्छ ,जिन्दगीको व्यथाले नै हाम्रो कथा बनाउछ ।कहिलेकाही त जिन्दगी मञ्चको कलाकार जस्तै नै भएर निस्कन्छ । आँखा चारैतिर घुमाउने हो भने कतै सुखे सुखको जिन्दगी छ त कतै दुखै दुखको जिन्दगी छ।त्यस्तै एक झुपडी भित्र बृद्ध बुवा रहन्छन् । उमेरको हिसाबमा पनि निकै नै बृद्ध उनी लगभक पच्चहत्तर बर्षका भैसके ।शरिरभरि एकदमै पुराना कपडा र हातमा फा टेको जुत्ता लिएर त्यसैलाइ सिलाएर बसेको हामिले देख्यौ । उनको नाम हो बिरबहादुर धामि ।उनलाई थाहा छैन कि उनी कहाँबाट आए अहिले भने धुलिखेलको सेरोफेरोमा देखिन्छन् ।उनको घाँसनै अन्न स्वरुप  रहेछन् ।सहारा भएको एउटा छोरो पनि कुलतमा फसेर केही समय अगावै संसार छाडे उता श्रिमतिले पनि छोडेको बर्षौ भैसक्यो । नत बुवा आफू कमाउन सक्छन् ,पच्चहत्तर बर्षिय बृद्ध बुवाको शरिरले कहाँ पहिलेको जस्तो काम गर्न सक्दो होर ।एउटा सानो झुपडिमा बस्दै आएका बुवाको आर्थिक अवस्था शून्य बराबर छ ।काहिबाट आउने बाटो छैन ,कसैले दिदैन...

१० घण्टाको यात्रा आधा घण्टामा सरर….

    पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन ।पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा—सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि झन्डै १० घण्टाको गाडीको यात्रा बाध्यता जस्तै बनेको थियो । भारतीय पर्यटक भित्रने मुख्य नाका रक्सौल नजिकै रहेको सिमरा विमानस्थलबाट पोखरा सिधा हवाई उडान आवश्यक भएको आवाज समयसमयमा उठ्ने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन । भारतीय पर्यटकलाई अधिकतम भित्र्यउनाका साथै आन्तरिक पर्यटनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यका साथ पोखरा—सिमरा सिधा उडान हुन लागेको र बुद्ध एयरले उक्त उडान भर्ने भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । “पोखरा–सिमरा सिधा हवाई सम्पर्क गण्डकी प्रदेश र प्रदेश नं २ लाई जोड्ने महत्वपूर्ण माध्यम पनि हो,” उनले भने, “कोरोना प्रभावित पर्यटनलाई आन्तरिक रुपमा पनि सबल बनाउनका लागि यो उडान महत्वपूर...

विपक्षी खेलाडीसँग ठोक्किदा गोलरक्षकको मृ,त्यु

    खेलेरै नाम र दाम कमाउने सपना बोकेका खेलाडीको खेल कै दौरान मृ,त्यु हुनु आफैमा दुःखद र पिडादायी हुन्छ । यी र यस्ता घट्नाहरु बारम्बार दोहोरिने पनि गर्छन् । यस्तै घट्ना फेरि रसियामा दोहोरिएको छ । त्यहाँको एक स्थानीय फुटबल क्लबका लागि खेल्ने एक गोलरक्षकको अभ्यास खेलका दौरान विपक्षी खेलाडीसँग जुध्दा गम्भिर घाइते भई मृ,त्यु भएको छ । स्रोतका अनुसार २३ बर्षिय अलैक्जेण्डर शिस्मरेवको विपक्षी खेलाडीसँग ठोक्किदा दुःखद रुपमा निधन भएको हो । क्रस्नय जेज्दा नामक क्लबको लागि खेल्ने शिस्मरेवले बाल्टिका–एम नामक क्लब विरुद्ध अभ्यास म्याच खेल्ने क्रममा विपक्षी खेलाडीसँग जुध्न पुगेका थिए । विपक्षी खेलाडीसँग जुधेर ढल्न पुगेका शिस्मरेवको मृ,त्यु टाउकोको चोटबाट नभई जिब्रो घाँटीको विपरित दिशातर्फ फर्किएर श्वासप्रश्वास रोकिंदा भएको बताइएको छ । रसियाको राष्ट्रिय फुटबल टिमले पनि उनको मृ,त्युबारे पुष्टी गरेको छ । घट्ना लगतै एम्बुलेन्स र चिकित्सकलाई मैदान मै बोलाएर उनको एक घण्टा मैदान मै आकस्मिक उपचार गर्दा पनि त्यो सफल हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

यी हुन पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मिर्गौला दिने महिला

      पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौला दान गर्ने महिला हुन् मेरिना चित्रकार। इन्द्रजात्राका अवसरमा कुमारीको रथमा परम्परागत चित्र बनाइरहेकी यिनै महिलाले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौलादान दिएकी हुन्। केही दिनअघि उनको नयाँ दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो। उनी काठमाडौंको भीमशेन स्थानका स्थानीय हुन्। उनी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रबि चित्रकारकी दिदीकी छोरी हुन्। उनैले झलनाथ खनाललाई मृगौला दान गरेकी हुन्। दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल केही समययता भारतमा उपचाररत थिए । मृगौलादाता चित्रकार ख्याती प्राप्त चित्रकार माणिकमान चित्रकारकी नातिनी तथा अमिरमान चित्रकारकी छोरी हुन्। ती दुबै जनाले नेपालमा कला क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए। हरेक वर्ष इन्द्रजात्रा सुरु हुनुअघि उनकै परिवारले कुमारी रथमा परम्परागत चित्र बनाउने गर्छ। यी फोटोहरु २ वर्षअघि मेरिना चित्रकारले इन्द्रजात्रका अवसरमा चित्र बनाइरहँदा खिचिएको थियो। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतको एपो...

बेलायतमा यसरी मनाइयो नेपाली मेला..

तमु धिं यूके र नेपाली दूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको मेला आइतबार अगस्ट २९ तारिख मध्यान्ह केम्पटन पार्कमा सम्प‍न्‍न भएको छ। मेला भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा रिबन काटेर मेला उद्घाटन गरेका हुन्। गत महिना गोरखा कप २०२१ भब्य सम्पन्न गरे लगत्तै छोटो समयको अवधीमै दुईवटा ठुला कार्यक्रम गरेर तमु धिं यूकेले अर्को ईतिहास बनाउन सफल भएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवर्द्धनमा योगदान पुर्‍याइरहेको बताए । उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे । कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं यूके र अध्यक्ष हित काजी गुरुङ लगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले...

झलनाथ खनाललाई किड्नी दिनेको नाम सार्वजनिक !

  कपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतमा उपचार गरेपछि स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीबाट सोमबार काठमाडौं आएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको भन्दै मिर्गौला दाता, उपचारमा संलग्न चिकित्सक र आफ्नो उपचारका लागि सहयोग उपलब्ध गराएको सरकारलाई धन्यवाद दिएका हुन् । आफ्नो शरीरमा प्रत्यारोपण गरिएको मिर्गौैला नाताले छोरी पर्ने मेलिना चित्रकारले उपलब्ध गराएको खुलासा गरेका छन् । उनले आफ्नै दिदी (जेठीसासु) को छोरीले आफूलाई मिर्गौला दान गरेको बताए । ‘छोरी मेलिना चित्रकारले आफ्नो सानोबालाई किड्नी दिन तयार रहेको खबर गरिन्,’ उनले भने, ‘छोरी मेलिना चित्रकारलाई अस्पतालमा बोलाएँ । आवश्यक सम्पूर्ण परीक्षणपछि उनको मिर्गौला मेरो शरीरका लागि उपयुक्त हुने ठहर भयो ।’ उनले छोरी मेलिनाप्रति आभार प्रकटसमेत गरे । उनले मिर्गौला प्रत्यारोपणपछि आफूले नयाँ जीवन प्राप्त भएको महसुस गरेको पनि बताए । ‘विल्कुलै नयाँ जीवन प्राप्त भएको महसुस गरेको छु,’ उनले भने, ‘यो नयाँ जीवन बो...

अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपाली नागरिक स्वदेश फर्किए

  अफगानिस्तनाबाट हालसम्म ८२८ जना नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए । मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ । मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

अफगानिस्तानबाट १६४ नेपाली स्वदेश फिर्ता, २ जना अफगान नागरिक पनि काठमाडौं ओर्लिए

  ता,लिवानले एकपछि अर्को राज्य क, ब्जा गर्न थालेपछि पछिल्लो ११ दिनयता अफगानिस्तानबाट १६४ जना नेपाली स्वदेश फर्किएको पाइएको छ । अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार अगस्ट ५ तारिखयता अफगानिस्तानबाट १ सय ६४ जना नेपाली र २ जना अफगानी नागरिक त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् ।‘यही अगस्ट ५ तारिखयता १६४ जना नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएका छन्,’ अध्यागमन स्रोतले लोकान्तरलाई दिएको जानकारीलाई पुष्टि गर्ने क्रममा प्रवक्ता ढकालले भने । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले पनि अफगानिस्तानबाट नेपालीहरू स्वदेश फिर्ता भइरहेको बताए ।‘उहाँहरू आइरहनुभएको छ, तर हामीले उता भने जान दिएका छैनौं,’ महानिर्देशक भट्टराईले भने ।अफगान नागरिकलाई भित्रिन नदिने भन्ने कुनै नीति वा निर्णय नरहेकाले उनीहरू पनि भित्रिएको हुनसक्ने भट्टराईको भनाइ छ । ‘कोभिडका कारण विदेशमा रहेका नेपाली, एनआरएन र कूटनीतिक नियोगका व्यक्तिहरूलाई आउन दिने भन्ने छ, त्यसको मापदण्डभित्र पर्ने भएकाले आउनुभएको हुनसक्छ, तर त्योभन्दा बाहिरका आउनुभएको छैन,’ महानिर्देशक भट्टराईले भने ।अफगानिस्तानक...

बुटवल बजार जो’खिममा ! चुरे पहाड नै खसेपछि पहिरो अझै रोकिएन , ७ घर पुरिए

      बुटवलमा आइतबार बिहानदेखि पहिरो अझै रोकिएको छैन । सोमबार बिहानैदेखि वर्षासँगै आएको पहिरोले बुटवलका थप ७ घर पुरिएका छन् भने दर्जनौ घर जोखिममा परेका छन् निरन्तरको वर्षाका कारण जोखिम न्यूनिकरण काम गर्न समेत समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । हिजो सम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घर भित्र पसेको हो । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । वर्षा नरोकिएमा र लेदो नरोकिएमा अझै दर्जन बढी घरमा क्षती पुग्न सक्ने सुरक्षा निकायले जनाएको छ । पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन् ।साथै पहिरोको लेदो बगेर बुटवलको हस्पिटल लाइनसम्म आइपुगेको छ । वर्षा नरोकिए बुटवलको मुख्य बजार नै जोखिम पर्ने सुरक्षा निकायले बताएका छन् । २०३८ र २०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो। ज्योतिनगरमा २०५५ साल भदौ २० गते चु...

मदिरा पिएर ग्यास चुल्हाेबाट चुरोट सल्काउने गर्थे, घरमा आगलागी हुँदा गुमाए श्रीमान-श्रीमतीले ज्यान

  सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पत्तिको मृ,त्यु भएको छ। घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति ज,ले,र मृ,त्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए। उनले भने, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे। समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ। बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएको थिए।” ढुङ्गामाटाको गाह्यो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै जलेर नष्ट भएको छ। घरभित्र रहेको केही पनि सामान नीकाल्न नभ्याएको प्रहरीले जनाएको छ। त्यहाँका घरहरू पनि टाढाटाढा छन्। प्रहरीलाई ढिलो खबर भएको र ढिलो पुगेकाले घटना घटी सकेको प्रहरीले जनाएको छ। के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ। पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ।  

अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघमा कडा प्रस्ताव पारित, रुस र चीनले मतदान गरेनन्

     अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघमा कडा प्रस्ताव पारित भएको छ । भारतको अध्यक्षतामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पारित गरेको प्रस्तावमा अफगानिस्तानको जमिनको प्रयोग कुनै देशलाई धम्की दिन वा चरमपन्थीहरुलाई शरण दिनको लागि गर्न नपाइने माग गरिएको छ । प्रस्तावमा तालिबानसँग अपेक्षा पनि गरिएको छ कि उसले देश छाड्न चाहने अफगानी नागरिकहरुलाई र सबै विदेशी नागरिकहरुलाई सुरक्षित अफगानिस्तानबाट बाहिर निस्किन दिनका लागि जुन प्रतिबद्धता जनाएको छ त्यसको पूर्ण पालन गर्नेछ । सुरक्षा परिषदको यो प्रस्ताव  सोमबार पारित भएको हो । फ्रान्स, बेलायत, अमेरिकासहित सुरक्षा परिषदका १३ सदस्य देशहरुले यसको पक्षमा मतदान गरेका छन् । कुनै पनि सदस्यले यो प्रस्तावको विरोध गरेनन् । भिटो अधिकार पाएका सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरु रुस र चीनले भने मतदानमा भाग लिएनन् । १५ अगष्टमा तालिबानले काबुलमा नियन्त्रण गरेपछि १५ सदस्यीय सुरक्षा परिषदले अफगानिस्तानको विषयमा पारित गरेको यो पहिलो प्रस्ताव हो । सुरक्षा परिषदमा भारतको अध्यक्षता रहने आज अन्तिम दिन हो । अगष्ट महिना ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र महिलासँग घुस मागेपछि असई र जवानको जागिर चैट

      काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ । प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले  बताए । केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने एसपी बस्नेतले बताए । यो पनि,स्वीकृति लिने पञ्चाङ्ग बढ्न थाले नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिइ निस्केका पञ्चाङ्ग (पात्रो) ले पछिल्लो समयमा स्वीकृति लिन थालेका छन् । स्वीकृति नलिइ प्रकाशन भएको खप्तड तारानाथ पात्रोले यस वर्ष समितिसित स्वीकृति लिएको छ । आगामी वर्षका लागि मानस खण्ड पात्रोले पनि स्वीकृतिका लागि समितिमा निवेदन दर्ता गरेको सदस्य सचिव...

एमाले सुदूरपश्चिमको नालिबेलि, भीम रावल झनै शक्तिशाली

        भदौ १३ पार्टीभित्रको आन्तरिक विवाद मिल्न नसक्दा विभाजन भएको एमालेको सुदूरपश्चिम प्रदेशमा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) भन्दा एमालेमा धेरै केन्द्रीय सदस्य र सांसदहरू धेरै बसेका छन् । एमालेबाट अलग भएको एकीकृत समाजवादी गठनपछि नेताहरूले कित्ता खुलाउन थालेका छन् । सुदूरपश्चिम प्रदेशका ५ केन्द्रीय सदस्यले एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । ६ जना सांसदले एमाले छोडेका छन् । दुई केन्द्रीय सदस्य सांसद समेत छन् । सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए । जसमा गरिमा शाह (कैलाली), रामकुमार ज्ञवाली (कञ्चनपुर), निरादेवी जैरु (डडेल्धुरा), बिक्रम शाही (डडेल्धुरा) र प्रेमबहादुर आले (डोटी) एकीकृत समाजवादीमा खुलेका छन् । जैरु डडेलधुराकी समानुपातिक सांसद हुन् । आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । नेपाल समूहका केन्द्रीय सदस्य भीम रावल, झपट रावल र प्रकाश शाह एमालेमा बसेका छन् । रावल यसअघि नेपाल समूहतिर थिए । पार्टी विभाजन हुँदा रावलले नेपाललाई साथ दिएनन् । लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दी...

प्रदेश १ मा एमाले सरकार जोगाउन मुख्यमन्त्री राईले राजीनामा दिने, आचार्य नयाँ मुख्यमन्त्री

      काठमाडौं। नेकपा एमालेलाई एक बनाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र अर्का  नेता भीम आचार्य एक ठाउँमा उभिने भएका छन्। उनीहरु एक ठाउँमा उभिएसँगै प्रदेश १ मा सरकार परिवर्तनको संकेत पनि देखिन थालेको छ। वर्तमान मुख्यमन्त्री राईले नै भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने भएका छन्। बिहीबार नै नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठक बस्ने भएको छ। बैठकले आचार्यलाई संसदीय दलको नेता छान्ने नेकपा एमाले स्रोतले जानकारी दिएको छ। एमालेका प्रदेश सांसदका अनुसार ११ बजे संसदीय दलको बैठक बसेर नेता फेरेपछि आजै मुख्यमन्त्रीको सपथ हुने सम्भावना छ। माधव नेपालका प्रदेश १ का विश्वासपात्र आचार्यलाई मुख्यमन्त्री बनाएपछि अधिकांश माधव पक्षीय सांसदहरु एमालेमै रहने र एमालेको सरकार पनि बच्ने भएकाले सरकार परिवर्तनको तयारी गरिएको हो। ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन्। ४७ सदस्यले मुख्यमन्त्री बन्ने मत पुग्ने भएकोले सरकार जाेगाउन  मुख्यमन्त्री राई र नेता आचार्य एकै ठाउँमा उभिएका हुन्। अहिलेसम्म माधव नेपालकाे नेकपा एकीकृत समाजवादीमा...

नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले नेपालको पहिलो महिला प्रधानमन्त्री रामकुमारी झाँक्री बन्ने भविष्यवाणी दाबि गरेका छन ।

      नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले नेपालको पहिलो महिला प्रधानमन्त्री रामकुमारी झाँक्री बन्ने भविष्यवाणी दाबि गरेका छन । उनकै शब्दमा-यदि नेपालको भविष्यमा कोही महिला प्रधानमन्त्री भने त्यो रामकुमारी झाँक्री हुनेछिन । किनभने समयले माग गर्छ, के माधब नेपाल प्रधानमन्त्री हुन लायक थिए ? दुई–दुई ठाउँबाट चुनावमा हारेका होइनन् ? प्रचण्डले ल्याएर संबिधान सभामा मानोनयित गरेपछि माधब नेपालले प्रधानमन्त्री खाएको अकास्मात । केपी ओली प्रधानमन्त्री बन्न लायक छैनन् भन्ने त देखियो पटक–पटक । एकता टिभी नेपाल संग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन । माधब नेपालको त उमेर भइसक्यो तर पार्टीका दोस्रो र तेस्रो पुस्ताका युवा नेताहरुले दबाव दिएर पार्टी एकतालाई भन्दा क्रान्त्रिकारी धार समाउनु जरुरी भएको तर ति नेताहरु धेरै चुकेको समेत टिप्पणी...